लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने


५ पुष २०८०, बिहीबार
kuhiro

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज (बिहीबार) दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । राति पनि यो क्रमले निरन्तरता पाउने छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७