इजराइली प्रधानमन्त्रीद्वारा गाजामा युद्धविराम अस्वीकार


२०८० पौष ५ बिहीबार ११:१३ बजे

काठमाडौं । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा युद्धविराम नहुने प्रतिक्रिया दिएका छन् । बुधबार विज्ञप्ति निकालेर उनले निर्धारित सबै उद्देश्य हासिल नभएसम्म युद्ध जारी राख्ने बताएका हुन् ।

‘हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो’, उनले भनेका छन् । गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।

सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाइ भएकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा पनि युद्ध रोक्ने प्रस्तावमाथि बुधबार मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहुले इजराइली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए । ‘कसैले हामी रोकिने छौँ भनेर सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन’, उनले भनेका छन्, ‘हामीले हमासमाथि आगो वर्षाएका छौँ । हामीले उसका निकट र टाढाका साथीहरूमाथि पनि हमला गरिरहेका छौँ ।’ एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७