राष्ट्रियसभा चुनाव : तोकियो सात मतदानस्थल र १४ मतदान केन्द्र


५ पुष २०८०, बिहीबार
nirbachan aayog

काठमाडौँ । राष्ट्रियसभा चुनावका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ११ माघमा हुने चुनावका लागि आज (बिहीबार) मतदानस्थल र केन्द्र तोकेको हो । प्रत्येक प्रदेशमा एक एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, वागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौँडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढी, कैलालीलाई मतदानस्थल तोकिएको छ ।

तोकिएका मतदानस्थलमा प्रदेशसभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् । तोकिएका मतदान केन्द्रमा ११ माघ बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

ch

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७