५५३ असई र ६६२ प्रहरी वरिष्ठ हवल्दारको बढुवा (सूचीसहित)


७ पुष २०८०, शनिबार
police head

काठमाडौं । नेपाल प्रहरीका ६६२ प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् भने ६६२ जना प्रहरी बरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार सबैको जानकारीका लागि सचिवालयले छुट्टा छुट्टै सूची सार्वजनिक गरेको हो ।

बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशन समेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवायलले जनाएको छ भने आवश्यक कारवाही गर्न गराउन तथा दज्र्यानी चिन्ह प्रदान गर्न गराउन समेत सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।
हेर्नुस् असईबाट सईमा बढुवा भएका ५५३ जना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७