राप्रपा अध्यक्ष लिङदेन र उपाध्यक्ष मिश्र हङकङ प्रस्थान


७ पुष २०८०, शनिबार
Rajendra lingden rabindra mishra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन हङकङ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशनलाई सम्बोधन गर्न उनी त्यसतर्फ लागेका हुन् ।

त्यहाँ रहँदा उनले प्रवासी नेपालीहरुसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाज आइसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिकमत जङ कार्की सहभागी छन् ।

उनी देश बाहिर गएसँगै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङले पाएका छन् । उनी पुस १२ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७