बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु


७ पुष २०८०, शनिबार
tiger cp6qdgUSqA
फाइल फोटो

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।

आज (शनिबार) बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको एसपी शाहीले जानकारी दिए ।

बैरिया गाउँका एक जना स्थानीयले भने बालक सामुदायिक वन भित्र प्रवेश गरेको र त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको बताए । मृतक बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको एसपी शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७