हमास र इस्लामिक जिहादका सयौँ सदस्य पक्राउ गरेको इजरायलको दाबी


८ पुष २०८०, आईतवार
gaza 1

काठमाडौं । इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका दुई सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।

इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको जनाएको बीबीसीले जनाएको छ ।

गएको अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाइएको थियो । यसपछि इजरायलले गाजामा आक्रामक सैन्य अभियान शुरु गरेको हो । हमासको मातहतमा काम गर्ने गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २० हजार मानिस मारिएको र झण्डै ५० हजार घाइते भएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७