व्यवसायी तड्पिरहेका बेला विद्युत लाइन काट्नु राम्रो होइन : ओली


८ पुष २०८०, आईतवार
kp oli 19

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्युतको बक्यौता उठाउन उद्योगीहरुको लाइन काटेकोप्रति असन्तुष्टि जनाएका छन् । मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउने क्रममा उनले सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो नभएको बताए ।

उनले भने, ‘सरकारले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ? उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन । खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ । तर, सम्झौता एकातिर छ काम अर्कोतिर हुनुह ुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७