सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा


८ पुष २०८०, आईतवार
sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दा न्यायाधीश शिशिरराज ढकालले ‘हेर्दाहेर्दै’ मा राखेका छन् । काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आज सरकारी वकिलका तर्फबाट सुविर परियार र सीताराम अर्यालले बहस गरेका थिए ।

त्यस्तै पीडितको पक्षबाट अर्का अधिवक्ता आस्मा आचार्यले पनि बहस गरेकी थिइन् । मुद्दामाथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् । मुद्दामा सन्दीप लामिछानेका वकिलहरूले अझै बहस गर्न बाँकी छ ।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए । शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाएका थिए । हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७