कतारमा मृत्युदण्डको सजाय पाएका सुवास यसरी बचेर आइपुगे नेपाल


२०८० पौष ८ आइतबार ०८:०३ बजे

काठमाडौं । कतारको अदालतले मृत्युदण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउत स्वदेश आइपुगेका छन् । सहकर्मीको हत्या अभियोगमा कतारको अदालतले तीन वर्ष कैदसहित मृत्युदण्ड वा ९० लाख रुपैयाँ ‘ब्लड मनी’ दिनुपर्ने फैसला सुनाएको थियो ।

राउतलाई अभियानकर्मीहरूको पहलमा नेपाल ल्याउन सफल भएको संयोजक तथा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए । विभिन्न संघ संस्था तथा व्यक्तिमार्फत अभियानलाई २० लाख २४ हजार ६५० रुपैयाँ प्राप्त भएको अभियानका सचिव युगल दवाडीले जानकारी दिए ।

कतार अदालतले ९० लाख रुपैयाँ ब्लड मनी तोके पनि मृतक खोटाङ ऐसेलुखर्क–५ का लामाकाजी राईको परिवारलाई १५ लाखमा मनाउन सकिएको अभियानका सदस्य दीपक चापागाईले बताए । उनले भने, ‘हामीले एउटा नेपाली विदेशी भूमिमा मारिनु हुँदैन भनेर त्यहाँको जनप्रतिनिधि, संघ-संस्थामार्फत परिवारमा कुरा गरेर १५ लाख रुपैयाँ ब्लड मनी बुझाएर सुवासलाई नेपाल ल्याउन सफल भयौँ ।’

अभियानले संकलित रकममध्ये बचेको दुई लाख ५० हजार रुपैयाँ स्थानीय कनकाई बालविकास केन्द्रलाई हस्तान्तरण समेत गरेको छ । राउतले आफूलाई फसाइएको दाबी गरेका छन् । ‘मृतक र म कतारको कम्पनीमा पानीको मोटर चलाउने काम गथ्र्यो, म नुहाएर आउँदा कोठामा छुरी हानेर उनी लडेको देखेर मैले छुरी तानेको थिएँ,’ उनले भने, ‘कसले छुरी हानेर भागेको मलाई थाहा भएन तर छुरी मैले उनको शरीरबाट निकालेको भन्दै मलाई दोषी ठहर गरियो ।’ तीन वर्ष जेल सजाय काटेर राउत दुई हप्ता अघि नेपाल आएका थिए तर आएर उनी कतारमै हुँदा दिवंगत आमाको काम गर्नु परेका कारण हिसाब किताब फरफारकमा ढिलाई भएको अभियानले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७