मधेस प्रदेशको पहिलो जित : पूजा महतोको ‘अलराउण्ड’ प्रदर्शन


९ पुष २०८०, सोमबार
pic WuvarSMMpG

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ । मधेसको जितमा पूजा महतोले ‘अलराउण्ड’ प्रदर्शन गरिन् ।

आज सोमवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई २७ रनले हरायो । मधेसले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अल आउट भयो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले ३ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनायो । मधेसका लागि पूजा महतोले ३८ र सरस्वती कुमारीले नट आउट २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले ३ विकेट लिइन् ।

योसँगै मधेसले लगातार हारको शृङ्खला तोडेको छ । यसअघिका ३ खेलमै पराजित भएको मधेस यो जितसँगै ४ खेलमा २ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । गण्डकी ४ खेलमा २ अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७