बाघको आक्रमणबाट युवकको मृत्यु


२०८० पौष ९ सोमबार ०७:१९ बजे

वीरगञ्ज । बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ । बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो । घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए ।

उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए । ‘धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ’, उनले भने । धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७