कौडीको भाउमा लिलामी


८ भाद्र २०७४, बिहीबार
manjushree fainance
????????????????????????????????????

manjushree fainance

काठमाडाैँ : बज्रवाराही नगरपालिकामा रहेको ६० लाख मूल्य पर्ने जग्गा एक फाइनान्स कम्पनीले कौडीको भाउमा लिलामी गरेपछि भोजपुरका सरस्वती राईको परिवार विचल्लीमा परेको छ । राईले धितो मञ्जुरी दिएर भोजपुरकै दर्जकुमार राईले काठमाडौंको मञ्जुश्री फाइनान्स लिमिटेडबाट लिएको ९ लाख २० हजार कर्जा तोकिएको समय (एक वर्ष)मा नतिरेको भन्दै फाइनान्सले लिलामी गरेपछि ऋणी र जग्गाधनी दुबै पीडित बनेका हुन् । प्रचलित मूल्यमा ६० लाख पर्ने जग्गा १ वर्षको व्याज हर्जाना र अन्य शुल्कहरु असुल गर्नुपर्ने कागजात पुर्याएर लिलामी गरेको पीडित पक्षको आरोप छ ।

पीडित दर्जकुमारले आफूलाई षड्यन्त्रमा फसाएर लिलामी गराएको बताएका छन् । नियमित रुपमा व्याज र किस्ता समेत तिरिरहेको बेला भूकम्पले व्यवसाय ध्वस्त भएपछि केही समय नियमित नबुझाएकै भरमा आफुलाई कुनै जानकारी नै नदिईकन काठमाडौंबाट निस्कने पत्रिकामा सूचना प्रकाशित गरेर कागजी प्रक्रिया पुर्याउनेतर्फ मात्रै फाइनान्सले ध्यान दिएको पीडितको आरोप छ ।

पीडित राइ लिलामीका कागजात बोकेर न्यायका लागि विभिन्न संघसंस्था र मिडिया गुहार्दै हिँडेका छन् भने फाइनान्सले आफू कागजी रुपमा माथि भएको घमण्ड देखाउँदै अदालत जान भन्दै धम्क्याईरहेका छन् । ऋणी र फाइनान्सका कर्मचारीहरुको वीचमा नियमित रुपमा फोन सम्पर्क भएको पनि ऋणी दर्जकुमार बताउँछन् । फाइनान्सले ऋण नवीकरण गरेर मिलाईदिनु भन्दै आफूलाई झुक्याईरहेको र लिलामीको प्रक्रिया अगाडि बढाउने काम समानान्तर रुपमा बढाएको दावी गर्दै दर्जकुमारले भने उनीहरुको ध्यान नै ऋण दिएर व्याज असुल्ने भन्दा पनि कुनै न कुनै प्रक्रियामा धितो लिलामी गर्नेमा हुदो रहेछ ।

गोदावरी नगरपालिका ललितपुर ठेचोमा रहेको जग्गा लिलामी गर्दा फाइनान्सले सेटिंगमै कागजात पुर्याएको जस्तो देखिनु रहस्यमय देखिन्छ । पीडित राईले बोकेको लिलामी फाइलमा फाइनान्सले जग्गाको मञ्जुरीनामा दिने जग्गाधनीको घर र बसोबास ठेचो भएको जान्दाजान्दै स्थायी ठेगानाको नाममा पत्र तयार पारेको र पत्र तयार पारेको मितिले ७ दिन म्याद गुजारेर मात्रै हुलाकबाट पठाएको देखिन्छ । अझै हुलाकले भोजपुर पुगेर व्यक्ति फेला नपरेको भन्दै फिर्ता गरेको रेकर्ड देखिन्छ । धितो हेर्न जाँदा जग्गाधनीको घर ठेचोमा भेटेको फाइनान्सका कर्मचारीले पत्र भने भोजपुर पठाउनु षड्यन्त्र भएको पीडितको आरोप छ ।

यस्तै आशंका गर्ने अर्को सम्भावनाको रुपमा लिलामीको कागजातहरु देखिन्छ । लिलामीको कागजात तयार गर्दा कवोलकर्ता ३ जना मात्रै हुनु, २ जनाले पचास पचास हजार मात्रै कवोल गरेर सकार्ने काभ्रेकी तिलकुमारी गौतमले मात्रै १४ लाख ५० हजार कवोल गर्नुले पनि मिलेमतोको आशंका गर्न सकिन्छ । अझ लिलामीमा प्रतिनिधि बस्ने जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीहरु प्नि धितो र ऋणीको व्यवसाय भएको जिल्ला ललितपुरमा जानकारी नभै काठमाडौंबाट नै ल्याइनु समेत संयोग मात्रै मान्न नसकिने पीडित राईको गुनासो छ । आफूलाई न्याय दिलाइदिन अनुरोध गर्दै पत्रकार सम्मेलनमा राई भन्छन् कवोल गरेको व्याज तिर्न तयार छु जग्गा फिर्ता चाहियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७