नेपाल सुपर लिग : आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै


१० पुष २०८०, मंगलवार
NSL 1200x560 1

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज (मंगलबार) साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रङ्गशालामा हुने काठमाडौँ र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आजको खेलमा विजेता बन्ने टोलीले फाइनलमा पुग्न दोस्रो इलिमिनेटरमा पोखरा थन्डर्ससँग खेल्नेछ ।

तेस्रो स्थानको काठमाडौंले आठ खेलबाट समान तीन खेलमा जित र बराबरीसँगै दुई खेलमा हारको नतिजासहित १२ अङ्क जोड्दै प्लेअफमा स्थान बनाएको हो भने चौथो स्थानको ललितपुरले लिग चरणमा दुई जित, चार बराबरी र दुई खेलमा हार बेहोरेर १० अङ्क जोडेको थियो । एनएसएलको उपाधिका लागि धनगढीले भने स्थान सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७