नाइजेरियामा किसान र गोठालाबीच झडप, ११३ जनाको मृत्यु


१० पुष २०८०, मंगलवार
naijiriya2 mUCqfCszuD

काठमाडौँ । अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ । देशको मध्यभाग पठारमा शनिबारदेखि सुरु भएको हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मध्य नाइजेरियामा गोठालाहरू र किसानहरूबीच बारम्बार झडपहरू भइरहेका छन् । मेयता पहिलो पटक यस्तो चरम हिंसा देखिएको छ । त्यस बेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतबार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए । योजनाबद्ध ढंगले आक्रमण गरिएको उनले बताए । कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए ।

समुदायबाट ११३ शव निकालिएको छ भने ३ सय भन्दा बढी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसले लिएको छैन । पठार राज्यमा धेरै जातीय र धार्मिक समुदायका मानिसहरू बस्छन् । नाइजेरियाको मध्य क्षेत्र भनेर चिनिने, साम्प्रदायिक द्वन्द्वले हालैका वर्षहरूमा सयौँको ज्यान लिइसकेको छ । यसलाई प्रायः मुस्लिम गोठालाहरू र इसाई किसानहरू बीचको जातीय–धार्मिक द्वन्द्वको रूपमा वर्णन गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७