चिहानबाट १७ वर्षीया किशोरीको शव निकालेर अपराधी पत्ता लगाउने इन्सपेक्टर सम्मानित


१० पुष २०८०, मंगलवार
police1 1

सर्लाही । सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर अनिलराज गिरी जिल्लाकै उत्कृष्ट प्रहरी बनेका छन् । हरिवनकै एक अपराधको अनुसन्धानमा उनी नेतृत्वको टोलीले पाएको सफलताको आधारमा उनी मंसिर महिनाको (पुलिस अफ दि मन्थ) बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजिक कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले इन्सपेक्टर गिरीलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेका छन् । हरिवन नगरपालिका– ११ बालगंगाकी १७ वर्षीया किशोरी तबसुन खातुनको शंकास्पद मृत्युमा गिरीले सफल अनुसन्धान गरेर अभियुक्तलाई कानुनको कठघरामा ल्याएका थिए । सो अपराधको सफल अनुसन्धान गरेका कारण उनलाई पुरस्कृत गरिएको एसपी धितालले जानकारी दिए ।

बालगंगा निवासी शेष ईर्सादकी छोरी १७ वर्षीया खातुनको केही समयअघि हत्यापछि गुपचुप रुपमा परिवारका सदस्यले शव घर नजिकैको चिहानमा लगेर गाडेका थिए । प्रहरी अनुसन्धानका क्रममा खातुनको हत्यामा उनकी आमा सकिना खातुन र शेष चाँद भनिने शेख मिर हमजाको संलग्नता खुलेको छ । उनीहरू दुवै यतिबेला पुर्पक्षको लागि कारागारमा छन् ।

p

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७