सडक ढाकेपछि वैद्य माओवादीको ‘मार्चपास’ मा प्रहरी हस्तक्षेप, भयो धकेलाधकेल


१० पुष २०८०, मंगलवार
mohan baidhya ryali

काठमाडौं । सडक ढाकेर कार्यक्रम गरेपछि मोहन वैद्य नेतृत्वको कम्युनिष्ट पार्टीको ‘मार्चपास’ मा प्रहरीले हस्तक्षेप गरेको छ । यस क्रममा प्रहरी र वैद्य कार्यकर्ताबीच धकेलाधकेल भएको छ ।

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा आयोजित कार्यक्रममा मंगलबार धकेलाधकेल भएको हो । माओ दिवसको अवसरमा वैद्यको पार्टीले रत्नपार्कको शान्ति बाटिकामा कार्यक्रम आयोजना गरेको हो । सोही कार्यक्रमका कारण रत्नपार्कको सडक अवरुद्ध भएको छ ।

बाटो खुलाउन खोज्दा वैद्यका कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए । अहिले भने अवस्था साम्य भएको छ । सोत्र mममा प्रहरीसँग कुर्सी समेत हानाहान भएको छ । केही समय कार्यक्रम बिथोलिएको थियो । अहिले वैद्यले कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७