जाजरकोटमा पालमुनि बसिरहेकी सुत्केरीको चिसोले मृत्यु


११ पुष २०८०, बुधबार
sutkeri

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका –९ घर्ती गाउँकी २४ वर्षीया कल्पना नेपालीको त्रिपालभित्रै मृत्यु भएको छ ।
२४ दिनअघि जुम्ल्याहा छोरा जन्माएकी नेपाली त्रिपालभित्र मृत भेटिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

मंसिर १७ गते दुई छोरा जन्माएकी नेपालीको मृत्युको खबर पाए लगत्तै प्रहरी घटनास्थलतर्फ हिँडेको छ । अध्यक्ष बस्नेतका अनुसार सुत्केरीको चिसोका कारण ज्यान गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७