बंगलादेशमा यो वर्ष एड्सले २६६ जनाको मृत्यु


१३ पुष २०८०, शुक्रबार
hiv aids w

ढाका । बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ । यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स संक्रमित फेला परेयताको सबैभन्दा बढी हो ।

यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यो वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ । यो वर्ष संक्रमितमध्ये एक हजार ११८ बंगलादेशी नागरिक र बाँकी १५८ जना म्यानमारका रोहिंग्या बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेकाहरू रहेको बताएको बताइएको छ ।

तथ्यांक प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ संक्रमित पहिचान भएको जानकारी दिए । बंगलादेशमा एड्सको पहिलो संक्रमित सन् १९८९ मा पत्ता लागेको थियो । हालसम्म १० हजार ९८४ सङ्क्रमितको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७