अहिलेको सरकारले जनतालाई समृद्धि र सुशासन दिन सकेन : अध्यक्ष ओली


१३ पुष २०८०, शुक्रबार
SanadAdhikari NarayanghatChitwan RSS 13 20231229114814 IMG 7480

चितवन । मध्यपहाडी क्षेत्रका जनतालाई अहिलेको सरकारले समृद्धि र सुशासन दिन नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन आएका उनले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मध्यपहाडी क्षेत्रका जनताले समृद्धि र सुशासन माग गरेका बताएका हुन् ।

‘मध्यपहाडका जनताले सुशासन चाहियो, समृद्धि चाहियो भनेका छन्, उनले भने, ‘उहाँको भनाइ चाहिँ अहिलेको सरकारले सुशासन र समृद्धि दिन सकेन भन्ने थियो ।’ अहिलेको सरकारको विकल्प जनताले खोजेका हुन् त ? भनेर पत्रकारले गरेका प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, तपाईंहरू नै भन्नुस् अहिलेको सरकारको विकल्प जनताले चाहेका हुन् ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७