विश्वकप–२०१८ बारे जान्नै पर्ने १८ कुरा


१६ जेष्ठ २०७५, बुधबार
russia 2018

काठमाडौं, १६ जेठ । रुसमा हुने विश्वकप–२०१८ नजिकिएसँगै विश्वकपको रौनकले नेपालीहरुलाई पनि छुन थालेको छ । अहिले काठमाडौंमा मात्र होइन देशका शहर तथा गाउँसम्म विश्वकप–२०१८ को चर्चा शुरु भइसकेको छ ।russia 2018

आफूले समर्थन गर्ने देशको जर्सी खरिद गर्नेदेखि जीत कुन देशको पोल्टामा पर्छ र कुन देशको प्रदर्शन कस्तो रहन्छ भन्नेसम्मका अनुमानहरु चल्न थालेका छन् ।

अब केवल दुई हप्ता मात्र बाँकी रहेको विश्वकप फुटबल प्रतियोगिता फुटवलको सबैभन्दा ठूलो प्रतियोगिता पनि हो । विश्वकपका बारे चर्चा चले पनि सबै कुरा हामीलाई थाहा नहुन सक्छ । तर, विश्वकप–२०१८ बारे हामीले मुख्य यी १८ कुरा भन्ने जान्नै पर्ने हुन्छ । ती यस्ता छन् :-

१) विश्वकप फुटबल प्रतियोगिता रुसले पहिलो पटक आयोजना गर्न लागेको हो ।
२) यो विश्वकपमा रुसले ११ औं पटक सहभागिता जनाउन लागेको हो । विश्वकपमा रुसको सबैभन्दा ठूलो उपलब्धी सन् १९६६ को विश्वकपमा चौथो स्थानमा रहनु हो ।
३) सन् २०१४ को विश्वकप विश्वभरका तीन अर्ब २० करोड मानिसहरुले हेरेका थिए । यो संख्या विश्वको कूल जनसंख्याको करीब आधा हो ।
४) विश्वकप अहिलेसम्म २० पटक आयोजना भइसकेको छ र ब्राजिलले सबैभन्दा बढी पाँच पटक यो उपाधि उचालिसकेको छ । इटाली र जर्मनीले चार–चार पटक यो उपाधि जितेका छन् ।
५) सन् २००२ मा विश्वकप प्रतियोगिता पहिलो पटक दुई मुलुकहरुमा खेलाइएको थियो । यो विश्वकप दक्षिण कोरिया र जापानले संयुक्तरुपमा आयोजना गरेका थिए ।
६) विश्वकपको गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी क्यामरुनका रोजर मिल्ला हुन् । उनले सन् १९९४ मा ४२ वर्षको उमेरमा रसियाविरुद्ध गोल गरेका थिए ।
७) सन् १९५० को विश्वकपमा खाली खुट्टा खेल्न नपाएको भन्दै भारतले विश्वकप नखेलेको भन्ने अफवाह सुनिने गरेको छ ।
८) यस पटकको विश्वकप फुटबलको एउटा खेल फिस्ट स्टेडियममा हुँदैछ, यो स्टेडियममा सन् २०१४ को शुरुवाती खेल र अन्तिम खेल खेलाइएको थियो ।
९) सन् १९३० मा भएको पहिलो विश्वकपको आयोजक र विजेता उरुग्वे थियो ।
१०) सन् १९६६ को विश्वकपमा सात दिन विश्वकपको ट्रफी हराएको थियो । प्रतियोगिता शुरु हुनुभन्दा ठिक अगाडि यो ट्रफी हराएको थियो ।
११) २०१८ को विश्वकप आयोजना हुने सबैभन्दा पूर्वमा रहेको शहर एकटेरिङवर्ग र सबैभन्दा पश्चिमको शहर कालिङगार्डको बीचको दूरी १५ सय माइलको रहेको छ । यो दूरी मस्कोदेखि लण्डनसम्मको दूरीको बराबर हो ।
१२) सन् २०१४ को विश्वकपमा प्रतिखेलमा औसतमा ५३ हजार फ्यानहरु सहभागी भएका थिए ।
१३) सबैभन्दा धेरै गोल भएको विश्वकपको खेल सन् १९५४ को अष्ट्रिया र स्विट्जरल्याण्डको खेल हो । यो खेलमा अष्ट्रिया ७–५ गोल अन्तरले विजयी भएको थियो ।
१४) इटालीको नाममा विश्वकपमा सबैभन्दा बढी ड्र खेल्ने कीर्तिमान रहेको छ । उसले २१ पटक बराबरीको नतिजा निकालेको छ ।
१५) विश्वकपमा सहभागी भएका मुलुकहरुमध्ये सबैभन्दा कम खेल खेल्ने मुलुक इन्डोनेसिया हो । यो मुलुकले विश्वकपमा सन् १९३८ मा एउटा मात्र खेल खेलेको थियो ।
१६) विश्वकपमा सबैभन्दा धेरै खेल हार्ने टोली मेक्सिको हो । यसले अहिलेसम्म विश्वकपमा २५ खेल हारिसकेको छ भने १४ मा जीत र १४ बराबरी पनि खेलेको छ ।
१७) अहिले ३२ टोलीले सहभागिता जनाउन पाउने विश्वकपमा सन् २०२६ देखि यो संख्या ४८ पुग्नेछ ।
१८) विश्वकपको एउटै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रसियाका ओलेग सालेन्को हुन् । उनले एकै खेलमा पाँच गोल गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७