नेपाल सुपर लिगको फाइनल आज : धनगढी र ललितपुर उपाधिका लागि भिड्दै


१४ पुष २०८०, शनिबार
super leagu

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज (शनिबार) ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् । साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा दुई टोली उपाधिका लागि भिड्ने छन् ।

साविक उपविजेता धनगढी एफसी दोस्रो हुँदै प्लेअफ पुगेको थियो । पहिलो सिजन पनि धनगढी लिग चरणमा दोस्रो भएको थियो । ललितपुर भने चौथो भएर प्लेअफ पुगेको थियो । ललितपुर पहिलो पटक उपाधि नजिक पुगेको हो ।

final WR9Xn1uDJ7

विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्ने छन् । अघिल्लो संस्करणको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सार्वेकृष्ट खेलाडी (गोल्डेन बल) ले दुई लाख, सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ) ले समान एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७