प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


१४ पुष २०८०, शनिबार
prachanda 1 9 scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
हिजो (शुक्रबार) ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडीमा आगजनी भएको र दुई युवकको मृत्यु भएको घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक आज (दिउँसो) २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबारको घटनाबारे प्रधानमन्त्री प्रचण्डले आज (शनिबार) बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी घटनाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७