सातै प्रदेशमा प्रभातफेरि कार्यक्रमसहित मनाइयो ग्लोबल आईएमई बैंकको १७ औं वार्षिकोत्सव


१४ पुष २०८०, शनिबार
im

काठमाडौँ । ग्लोबल आईएमई बैंकको १७ औँ वार्षिकोत्सव सात वटै प्रदेशमा प्रभातफेरि कार्यक्रम गरी मनाइएको छ । बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

आमनागरिकमा वित्तीय साक्षरता तथा बैङ्किङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सातवटै प्रदेशका मुख्य सहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

यही पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भइ १७ औँ वर्षमा प्रवेश गर्दैछ । काठमाडौंमा आयोजित प्रभातफेरिमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो ।

वित्तीय साक्षरता तथा बैङ्किङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कान्तिपथ शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरु परिक्रमा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७