युगाण्डाका शीर्ष धावक बेन्जामिन केन्यामा मृत भेटिए


१६ पुष २०८०, सोमबार
1704071322 kiplagat 1200x560 1

काठमाडौँ । तीन ओलम्पिक खेलमा युगान्डाको प्रतिनिधित्व गर्ने धावक बेन्जामिन किप्लागेट केन्यामा मृत फेला परेका छन् ।
उनी छुरा प्रहार गरिएको अवस्थामा मृत भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको शव केन्याको एल्डोरेट सहरनजिकै एउटा कारमा भेटिएको थियो । यो स्थान धावकहरूको शीर्ष प्रशिक्षण केन्द्र हो ।
उनको छाती र घाँटीमा चक्कुको घाउ भेटिएको थियो । उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको केन्या प्रहरीले जनाएको छ । ३४ वर्षीय किप्लागेट सन् २०१२ लन्डन ओलम्पिकमा ३००० मिटर स्टिपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७