श्रम र स्वास्थ्यमन्त्रीले खुल्लेआम भ्रष्टाचार गरिरहेको एमाले सांसद पन्तको आरोप

‘बालकुमारी घटनामा तल्ला कर्मचारीलाई बलिको बोका बनाउन पाइँदैन’


१६ पुष २०८०, सोमबार
Raghu ji panta
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । आज (सोमबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले बालकुमारी घटनामा सरकार दोषी रहेको भन्दै गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

‘बालकुमारी घटनामा गृह प्रशासन चुकेको देखियो । प्रहरीलाई चाहिने सामान उपलब्ध गराउनुपर्छ, साधन स्रोत दिनुस्,’ उनले भने, ‘राजीनामा आफ्नो मन राजी भएपछि गर्ने हो । गृहमन्त्रीले विचार गर्नुस् ।’ प्रहरीको तल्लो तहको कर्मचारीलाई बालकुमारी घटनामा बलिको बोका बनाउन नपाइने उनले बताए । सांसद पन्तले सरकारले गरिरहेको कामको असन्तोष बालकुमारी घटना भएको बताए ।

‘भ्रष्टाचारीलाई क्याबिनेटमा राख्ने अनि सुशासनको भाषण गर्ने ? सरकारले काम गरिरहेको असन्तोष बालकुमारी हो । मन्त्रीको पीएसोओ र इपीएस प्रमुखलाई कारबाही गरेर हुन्न,’ उनले भने । पूर्व श्रममन्त्री समेत रहेका पन्तले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले खुलेआम पैसा उठाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्‍याउँदा एजेन्सीहरूबाट करोडौं पैसा एकमुष्ठ उठाएर मन्त्रीलाई बुझाइएको उनले बताए ।

सांसद पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेतले समेत खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदा समेत पदमा बसिरहेकोमा आपत्ति जनाए । अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७