वर्तमान सरकार परिवर्तन गर्न जरूरी छ : शेखर कोइराला


१६ पुष २०८०, सोमबार
Shekhar scaled

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले देशमा सुशासन कायम गर्न वर्तमान सरकार परिवर्तनको जरूरी रहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै कोइरालाले भ्रष्टाचार निमूल गर्दै मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकारलाई परिवर्तन गरी कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी रहेको बताएका हुन् ।

उनले माओवादी नेतृत्वको सरकारले ठूला–ठूला प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेकाले आफूले प्रधानमन्त्रीको रिपोर्टकार्ड मागेको धारणा राखे । कोइरालाले कांग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउनका लागि महासमितिको बैठकबाटै समयमा नै महाधिवशेन गर्नका लागि दवाव दिनुपर्ने जिकिर गरे ।

महाधवेशनले पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्ने र कांग्रेसलाई बलियो बनाउने नेतृत्व आउने उहाले दावी गरे । कोइरालाले कांग्रसले निर्वाचन अघि लोकतान्त्रीक शक्तिहरुसंग मात्रै सहकार्य गर्नुपर्ने भन्दै कम्युनिष्टहरुसंग कुनैपनि अवस्थामा संगठीत हुन नहुने धारणा राखे । उनले ललितपुरको बालकुमारी घटना प्रहरी प्रशासनको मात्रै नभई सरकारकै कमजोरीका कारण घटेको तर्क गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७