गाजापट्टीमा इजरायलको आक्रमण, थप १५६ जनाको मृत्यु


१७ पुष २०८०, मंगलवार
gaza 3

काठमाडौं । इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टीमा १५६ जनाको मृत्यु भएको छ । यससँगै इजरायलसँगको युद्धमा प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २१ हजार ९७८ जना मारिएको हमासशासित गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको जानकारी दिए । अक्टोबर ७ मा हमासले आक्रमण शुरु गरेपछि इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७