मोहन वैद्य बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै


१७ पुष २०८०, मंगलवार
mohan baidha fL3i69BQMT

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
दम बढेपछि उनलाई गएको आइतबारै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् । ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७