तीन महिने अभियानले जनता हामीतिर फर्किए, आशाको झिल्को देखायौं : माओवादी

‘प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ’


१७ पुष २०८०, मंगलवार
mao scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीमण्डल पुनर्गठनको तयारीमा रहेको बताएको छ । आज (मंगलबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताएका हुन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ,’ उनले भने । उनले गठबन्धन सरकार भएकाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको बताए । प्रवक्ता सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताए ।

उनले पार्टीको जनतासँग विशेष रूपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ । उनले जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको बताए ।

उनले कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभई माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे । उनले अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्यामा वृद्धि हुँदै जान उल्लेखनीय भूमिका खेलेको बताए । उनले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७