धरानका मेयर साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न पुगे दलहरू

उपमहानगर कार्यालय अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन


१७ पुष २०८०, मंगलवार
dharan harka

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएकोप्रति विभिन्न पाँच दलका भातृ संगठनहरू आन्दोलित भएका छ्न् ।

मेयर साम्पाङले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर कार्यकक्षबाट हटाएर किराती राजा यलम्बरको तस्वीर राखेका थिए । त्यसको विरोध जनाउँदै धरानका पाँच दलले पाँच दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न मेयरलाई अल्टिमेटम दिएका थिए ।

तर उनले अटेरी गरेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका छन् । दलका कार्यकर्ताहरू फोटो लिएर आउनुअघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

दलहरूले मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने घोषणा गरेपछि धरान उपमहानगरपालिका कार्यलयक्षेत्र तनावग्रस्त बनेको हो । धरान उपमहानगरपालिकाको मुख्य द्वारमा सुरक्षाकर्मी राखेर कर्मचारीबाहेक अरुलाई प्रवेश गर्न दिइएको छैन ।

गत बुधबार नगर प्रमुख राईको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ बाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर किरातीहरूको राजा यलम्बरको तस्वीर राख्ने जानकारी गराएका थिए । ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँसिन्छ,’ नगर प्रमुख राईले सञ्जालमा लेखेका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएपछि साम्पाङको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७