प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच ‘गोप्य’ भेटवार्ता, के भयो कुराकानी ?


१७ पुष २०८०, मंगलवार
kp oli prachanda 1536x800 1
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘गोप्य’ भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब ४५ मिनेट गोप्य भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभा निर्वाचनको मुखमा दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्ड–ओलीबीचको भेटवार्तामा मूलत टीआरसी विधेयक र राष्ट्रिय सभा निर्वाचनबारे छलफल भएको बुझिएको छ । कतिपयले यो भेटलाई माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको भागबण्डाको प्रयास समेत भनेर विश्लेषण गरेका छन् ।

‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दायाँ बायाँ नहुने भनेकाले एमालेलाई अवस्था असहज छ । तैपनि हाम्रोतर्फबाट सकिने प्रयास त हुने नै भयो’, एमालेका एक पदाधिकारीले भने, ‘सोमबार प्रधानमन्त्री र हाम्रो अध्यक्षबिच पनि यसबारे केही न केही कुरा त भएको छ तर ठोस रूपमा हामी समक्ष जानकारी आइनसकेकाले केही भन्न सकिन्न ।’

ती नेताका बुझाइमा दुई नेताको भेटमा एमाले अध्यक्षले राष्ट्रिय सभाको १९ सिटमा एमाले र माओवादी मिलेर चुनाव लड्न प्रस्ताव गरेको हुन सक्छन् । यद्यपि प्रचण्ड–ओली भेटवार्ताबारे औपचारिक रूपमा दुवै नेताको सचिवालय र नेता निकटस्थहरूले गोप्य नै राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७