राष्ट्रियसभा निर्वाचन : एमालेलाई पनि सिट छुट्याउन गठबन्धन सकारात्मक


१८ पुष २०८०, बुधबार
prachanda deuba oli

काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रबीच छलफल हुने भएको छ । आज (बुधबार) सत्तारूढ कांग्रेस–माओवादी केन्द्रबीच भएको छलफलले प्रमुख प्रतिपक्ष एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

एमालेसँग बेलुका ५ बजे छलफल हुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे एमालेसँग कांग्रेस–माओवादी केन्द्रले छलफल गर्नेछन् ।

यसका साथै सत्ता साझेदार दलहरू जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग बुधबार दिउँसो ३ बजे संयुक्त छलफल गर्ने लेखकले बताए । लेखकले भने, ‘दिउँसो हुने संयुक्त छलफलमा सत्तासाझेदार दलहरूसँग राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रित छलफल हुनेछ ।’ राष्ट्रिसभा सदस्य निर्वाचन आसन्न माघ ११ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७