भैरहवामा पूर्वराजासँग राप्रपाका शीर्ष नेताको ‘लञ्च मिटिङ’


१८ पुष २०८०, बुधबार
gyanendra

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामुहिक भेटघाट गरेका छन् । रुपन्देहीमा रहेका पूर्वराजा शाहलाई राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेको तस्वीरसहित नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

पूर्वराजा शाहसँगको तस्बिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु रविन्द्र मिश्र, बुद्धिमान तामाङ, धवल शमशेर राणा, दिपकबहादुर सिंह देखिन्छन् । नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सूत्रमा बाध्ने काम गरेको बताएका छन् ।

‘हामी सबैले धेरै देख्यौ÷बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन् । भेटमा सहभागी नेता तामाङले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङसहित भेटवार्ता गरेको भन्दै यो नियमित भेटवार्ता भएको जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७