प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै


१९ पुष २०८०, बिहीबार
prachanda kp deuwa
फाइल फोटो

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू आज (बिहीबार) पनि छलफलमा जुट्दै छन् । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न तीनै दलका शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्न लागेको हो ।
हिजो (बुधबार) बेलुका भएको छलफलले कुनै निष्कर्स ननिस्केपछि आज फेरि तीनै दलका नेताहरू छलफल गर्न लागेका हुन् ।

यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुङ्गो नलागेपछि आ–आफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज पनि शीर्ष नेताहरू बैठक बस्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७