राष्ट्रियसभामा एमालेलाई सिट दिन माधव नेपाल असहमत, गठबन्धनको बैठक निष्कर्षविहीन


१९ पुष २०८०, बिहीबार
gathbandan

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सिट दिन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल असहमत भएपछि आज (बिहीबार) बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बसेको बैठकमा एमालेलाई पनि सिट दिने प्रस्तावमा नेपाल असहमत बनेपछि बैठकमा सहमति हुन नसकेको हो । एमालेलाई सिट दिन नहुने नेपालले अडान लिएका हुन् । आज पुन एमालेसँग छलफल गर्ने निर्णयसहित बैठक स्थगित भएको थियो । यसअघि गठबन्धन दलले हिजो पनि प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेको थियो ।

आजै साँझ फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७