भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन, रोपे रुद्राक्षको बिरुवा


२० पुष २०८०, शुक्रबार
jayashankar

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथको दर्शन गरेका छन् ।
आज (शुक्रबार) बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका हुन् । पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ । उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए ।

s 1

उनले आजै त्रिवि पुस्तकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकका लागि विदेशमन्त्री जयशंकर हिजो काठमाडौं आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग हिजै भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७