राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान


२० पुष २०८०, शुक्रबार
Rajendra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गए राति मलेसिया गएका हुन् ।

कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष लिङ्देन पुस २४ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७