बालुवा लाड गरिएको टिपरबाट १० क्विन्टल गाँजा बरामद


२१ पुष २०८०, शनिबार
ganja

सप्तरी । सप्तरीमा टिपरमा लोड गरिएको बालुवाभित्र लुकाएर अवैध गाँजा तस्करी हुने गरेको फेला परेको छ । जिल्लाको खडक नगरपालिका– ७ कल्याणपुर चौक क्षेत्रबाट गए राति बालुवाभित्र लुकाएको गाँजा बरामद भएको हो ।

सप्तरी प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्यका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले को १ ख ५८३१ नम्वरको टिपरलाई चेकजाँच गर्दा १० क्विन्टलभन्दा बढी गाँजा बरामद भएको जानकारी दिए । प्रहरी उपरीक्षक बज्राचार्यका अनुसार उक्त गाँजा बलान नदी हुँदै भारततर्फ लग्ने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनका अनुसार २८ वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको उक्त गाँजा १ हजार ६ किलो परिमाणको रहेको छ ।
गाँजासँगै सवारी धनिसमेत रहेका टिपर चालक धनकुटाको सहिदभुमी गाउँपालिका– ४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७