बालुवाटारमा सत्तारुढ चार दलको वैठक जारी


२२ पुष २०८०, आईतवार
baluwatar

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक बसिरहेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एकीकृतलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरुले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले जानकारी दिए ।

हिजो भएको सहमतिअनुसार निर्वाचन हुन लागेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिट पाउने तय छ । यसमा अरु दल सहमत भए पनि एकीकृत समाजवादीले भने असहमति प्रकट गरेको छ । बैठकमा एसलाई मनाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७