सत्ता गठबन्धनकाे वैठक : टुंगियो भागबण्डा, कुन प्रदेशमा कुन दलको कति उम्मेदवार ?


०७:४४ बजे

काठमाडौँ । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागबण्डा टुङ्गो लगाएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिटमा भाग पाएको छ ।

बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबण्डा टुङ्गिएको र पार्टीहरुको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुङ्गो लगाउने जानकारी दिए । उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ ।

यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ । यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ ।

राष्ट्रिय सभा सदस्यमा भागवण्डा मिलेको भनिए पनि नेकपा एकीकृत समाजवादी भने यो अझै सन्तुष्ट छैन । तीन सिट मागेको नेकपा एकीकृत समाजवादलाई दुई सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधव नेपाल बैठक सकिनुअघि नै उठेर हिँडेका थिए । समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिले सहमति भनिएको कुरामा आफूहरूको सहमति नरहेको बताएका छन् । उनले भने, ‘हामी आफ्नो अडानमै छौँ । सहमति भइसकेको छैन ।’ आजको वैठकमा माधव नेपालभन्दा अगाडि उपेन्द्र यादव निस्किएका थिए । उनी पनि असन्तुष्ट रहेको आशंका छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७