विवादास्पद चुनावमा हसिना विजयी, लगातार चौंथो कार्यकाल सुनिश्चित


२३ पुष २०८०, सोमबार
hasina

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौंथो कार्यकाल सुनिश्चित गरेकी छन् । आफ्नो पार्टी अवामी लिग र उनका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन् ।

प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ । बिएनपीले निर्वाचन ठगी भएको आरोप लगाएको छ । आइतबारको नतिजा बीएनपी नेता र समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो । आधिकारिक तथ्याङ्कहरूले लगभग ४०% को मतदान भएको देखाएको छ ।

यद्यपि आलोचकहरूले यो संख्या पनि बढाइएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएकी हसिना त्यसयता लगातार सत्तामा छिन् । उनको यो कूल पाँचौँ कार्यकाल हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७