बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी, झण्डै आठ सय घर जले


२३ पुष २०८०, सोमबार
rohingya
तस्वीर : एजेन्सी

काठमाडौं । बङ्गलादेशमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा झण्डै आठ सय घर जलेर नष्ट भएका छन् । म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थी बस्दै आएको शिविरमा आइतबार बिहान भएको आगलागीमा झण्डै आठ सय वटा घर जलेका शरणार्थी आयुक्त मिजानुर रहमानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका झण्डै चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् । बङ्गलादेशमा झण्डै १० लाख रोहिङ्ग्या बसोबास गर्छन् । ती धेरै सन् २०१७ मा म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

यसअघि सन् २०२३ को मार्चमा बङ्गलादेशको कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार वटाभन्दा बढी टहरा जलेर नष्ट भएका थिए । दुई वर्षअघि त्यही शिविरमा भएको आगलागीमा परि १५ जना रोहिङ्ग्याको ज्यान गएको थियो भने ५० हजार शरणार्थी घरबारविहीन भएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७