अध्यागमन मुद्दामा राजनीतिक तनाव : फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा राजीनामा


२४ पुष २०८०, मंगलवार
france pm

काठमाडौं । फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले पदबाट राजीनामा दिएकी छिन् । अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमवार उनले पदबाट राजीनामा दिएकी हुन् । उनको राजीनामा फ्रान्सका राष्ट्रपति इम्यालुएल म्याक्रोले स्वीकृत पनि गरिसकेका छन् । उनले यसको जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
एलिजाबेथको राजीनामा पछि नयाँ प्रधानमन्त्रीमा शिक्षा मन्त्री ग्रैबियल अत्तल र रक्षामन्त्री सेबेस्टियन लेक्रोनुको नाम चर्चामा छ ।

त्यस्तै अर्थमन्त्री बु्रनो ली मेरे र पूर्व कृषि मन्त्री जुलियन डीनर्मैडीको पनि नाम चर्चामा रहेको बताइएको छ । नयाँ प्रधानमन्त्री चयन नभएसम्म राष्ट्रपति इम्यानुएलले नै कामकाज हेर्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७