लेबनानमा इजराइलको ड्रोन आक्रमण, मारिए हिजबुल्लाहका वरिष्ठ कमाण्डर


२४ पुष २०८०, मंगलवार
Wisam cJoRufG9PY

काठमाडौं । इजरायली सेनाले गरेको ड्रोन आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर मारिएका छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार दक्षिणी लेबनानमा भएको आक्रमणमा हिजबुल्लाहका वरिष्ठ नेता विसाम अल–तविलको मृत्यु भएको हो ।

उनी हिजबुल्लाहको एक एकाइ रडवान फोर्सका उपप्रमुख थिए । तीन सुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले अल–ताविल र अर्का एक हिजबुल्लाह लडाकु मारिएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७