भ्रष्टाचारमा छानविन चलिरहेका बेला दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा


०७:३३ बजे

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले आज (मंगलबार) सञ्चारमन्त्री रेखा शर्मा समक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएका हुन् ।

खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो । उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् ।

एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उनलाई २०७६ साउन ६ मा ५ वर्षका लागि नियुक्ति गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७