फ्रान्समा ३४ वर्षीय ग्याब्रियल प्रधानमन्त्री नियुक्त


२५ पुष २०८०, बुधबार
fr

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले ग्याब्रियल एटललाई प्रधानमन्त्री नियुक्त गरेका छन् । यससँगै ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन् ।

६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा स्वीकार गरेसँगै राष्ट्रपति म्याक्रोंले एटललाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् र उनलाई सरकार बनाउने जिम्मेवारी दिएका छन् ।’ यससँगै यसै साता मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ ।

म्याक्रोंले कार्यकालको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेका वेला एटललाई जिम्मेवारी दिएका हुन् । यससँगै प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । ३४ वर्षीय एटलले यसअघिको रेकर्ड सजिलै तोडेका छन् । यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट फाबियस प्रधानमन्त्री नियुक्त भएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७