राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


२०८० पौष २५ बुधबार १०:३४ बजे

काठमाडौँ । स्विस महासङ्घका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासङ्घका अध्यक्ष भायोला एमहेर्ड समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्ड समक्ष मङ्गलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेस गरेपछि राष्ट्रपति एमहेडसँग भएको शिष्टाचार भेटमा राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट स्विट्जरल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्य र शान्तिको कामनाका साथै स्विट्जरल्याण्डका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत सुवेदीले नेपाल र स्विट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आपसी सहयोगका क्षेत्रलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा मिलेर काम गर्ने प्रशस्त अवसर रहेका जानकारी दिँदै नेपालमा शान्ति प्रक्रियालगायत स्विस विकास सहयोगमार्फत प्राप्त स्विस सहयोगप्रति आभार व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७