मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहलाई भ्रष्टाचार कसुरमा तीन वर्ष जेल सजाय


२५ पुष २०८०, बुधबार
Maheshbikram Shah

काठमाडौं । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय भएको छ ।

विशेष अदालतले आज (बुधबार) कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डीआईजी शाहसहित दुई जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७