नेपाली सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


२६ पुष २०८०, बिहीबार
heli resque
तस्वीर : नेपाली सेना

बाजुरा । बाजुरामा एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बड्वालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।

अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७